कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

न्युजलय १६ जेठ २०७९, सोमबार ०१:०८ मा प्रकाशित

काठमाडौं । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। 


आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले १५ प्रतिशतले कर्मचारीको तलब बढाएको जानकारी दिएका हुन्। 

 

सरकारले खाइपाई आएको महंगी भत्तालाई भने कायम राखेको छ। बढेको तलब साउनदेखि लागू हुनेछ।