काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयर बजारमा आइतबार ११ अंकको सुधार देखिएको हो ।
आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर २५८८ दशमलव ३५ को विन्दुमा पुगेको छ ।
आज ३२५ कम्पनीका ७२ हजार ९ सय ५७ पटकको कारोबारमा १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।