जनता माविका ३३४ विद्यार्थी प्लस टु उत्तीर्ण, प्रशान्तले पाए ३.९४ जिपिए

न्युजलय ६ असार २०८३, शनिवार ०५:२७ मा प्रकाशित

इटहरी । इटहरीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थी प्रशान्त नेपालले कक्षा १२ को परिक्षामा ३.९४ जिपिए पाएका छन् । 


विद्यालयबाट शैक्षिक सत्र २०८१ को कक्षा १२ मा सहभागी भएका ३३४ जना विद्यार्थी उत्तीर्ण भइरहँदा नेपालले सर्वोत्कृष्ठ नतिजा ल्याएका हुन् । विद्यालयको विज्ञान संकायमा ८९ प्रतिशत विद्यार्थीले पास गरेका छन् ।


विभिन्न संकायमा गरी २४ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन् भने ६९ जनाले ३.२ देखि ३.६ जीपीए हासिल गरेका छन् ।


त्यसैगरी १६० जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए, ७५ जनाले २.४ देखि २.८ जीपीए तथा ६ जनाले २.० देखि २.४ जीपीए प्राप्त गरेका छन् ।


जनता माध्यमिक विद्यालय इटहरीले विगतदेखि नै शैक्षिक गुणस्तर सुधार तथा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यस वर्षको नतिजाले पनि विद्यालयको शैक्षिक उपलब्धिलाई थप पुष्टि गरेको विद्यालय प्रशासनले जनाएको छ।