काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अंकले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ ।
आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ ।
आज विकास बैंक समूह शून्य दशमलव ८२, वित्त समूह शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।