रमेश बस्नेतको संयोजकत्वमा एमाले सुनसरीको अधिवेशन गर्न निर्देशन

न्युजलय १९ कार्तिक २०७८, शुक्रबार १०:५६ मा प्रकाशित

इटहरी । लामो समयदेखि विवाद देखिँदै आएको सुनसरीमा रमेश वस्नेतको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटि बनाउने नेकपा एमालेले निर्णय गरेको छ । सुनसरी एमालेमा रमेश बस्नेत र रेवती भण्डारीले आफूलाई अध्यक्ष दावी गर्दै विज्ञप्ती सार्वजनिक गर्दै आएका थिए ।

विवाद समाधानको लागि गत भदौ १० गते बसेको केन्द्रिय कमिटीको बैठकले बनाएको सहजीकरण कार्यदलकोले यस्तो निर्णय गरेको हो । आयोजक कमिटिमा दुवै पक्षका नेताहरुलाई विभिन्न भुमिका दिइएको छ । कार्यदलका संयोजक सुभाष नेम्वाङ र सदस्य भीम आचार्यले संयुक्त रुपमा बस्नेतको नाममा निर्णय कार्यान्वयन गर्ने पत्र पठाएका हुन् ।

पत्रअनुसार आयोजक कमिटिको सह संयोजकमा नन्द कुमार बस्नेत र निलम खनाल, सचिवमा पशुराम यादव र उप सचिवमा लिलम बस्नेत रहनेछन् । यस्तै सदस्यमा दुबै जिल्ला कमिटीका सदस्यहरु रहने भनिएको छ ।

पत्रमा आगामी पौष मसान्तभित्र जिल्ला अधिवेशन आयोजना गर्न निर्देशन दिइएको छ । मातहतका कमिटीहरु मिलाउँदा आउने अन्य समस्या समाधानको लागि सुनसरी इन्चार्ज धर्मराज निरौलाको संयोजक र भगवती चौधरी, जगदीस कुसियैत, तैयव हुसेन, रेवती भण्डारी, रमेश वस्नेत र मुरारी सुवेदी सदस्य रहेको कार्यदल बनाइएको छ । 

गत भदौ १७ गते बिराटनगर र भदौ २४ गते काठमाण्डौमा भएका बैठक, जिल्लाका नेताहरुसँग भएका परामर्ष र असोज ७ गते बसेको प्रदेश कमिटी सचिवालयका विस्तारित बैठकसमेतको निर्णयलाई आधार बनाएर यस्तो निर्णय गरिएको पत्रमा उल्लेख छ ।

निरौला र भण्डारी एउटै कार्यक्रममा

विवाद समाधान नभएपछि धरानमा एमालेको दुईतिर अधिवेशन, कुर्सी तोडफोड

एमाले इटहरीको अधिवेशनमा छुट्टै भेला गरेपछि विवाद