काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ७ मा मृत भेटिएका एक पुरुषको हत्या उनकै श्रीमतीले गराएको खु्लेको छ । गत असोज ११ गते स्थानीय खोल्सामा वाग्मती गाउँपालिका घर भएका २९ वर्षीय राजकुमार भुलुनको शव फेला परेको थियो ।
प्रहरीले उनकी श्रीमती २८ वर्षीय रजीना भोलुन, साढु भाइ ज्ञान कुमार सिंतान, २५ वर्षीय साली सुनिता सिंतान र मृतको साथी लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलनलाई पक्राउ गरेको छ । श्रीमानले कुटपिट गर्ने गरेपछि श्रीमतीले ५० हजार रुपैयामा श्रीमान मार्ने सुपारी दिएको खुलेको छ ।
चार जनाको योजनामा हत्या गर्न मनोज सार्कीलाई प्रयोग गरिएको थियो । उनलाई ५० हजार रुपैयाँ दिएर हत्या गरेको अनुसन्धानमा खुलेको छ।