काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ११.६४ अंकले घटेर २६३५.४२ विन्दुमा रोकिएको छ ।
आज सूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार नेप्सेमा कुल ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ८ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ५७ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ ।