काठमाडौं । एक आपसमा गाभिने सहमतिसँगै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का भएको छ ।
दुई बैंकले नेपाल स्टक एक्सचेञ्ज )नेप्से)लाई गाभिने सहमतिको जानकारी दिँदै कारोबार रोक्न निवेदन दिएपछि सेयर कारोबार रोक्का भएको हो ।
बैंकबीच अहिलेसम्म भएको सम्झौता अनुसार अब नेपालकै सबैभन्दा ठुलो वाणिज्य बैंक बन्ने दाबी गरिएको छ ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने जनाइएको छ । आगामी असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्नेगरी डिडिए र साधारण सभालगायतका कार्य अघि बढाउने गरी दुवै बैंकले सम्झौता गरेका छन् ।