नेप्से २.६ अंकले बढ्यो

न्युजलय २७ मङ्सिर २०८०, बुधबार ०९:२७ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर फर्किएको छ । नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भयो ।

अघिल्लो दिनको तुलनामा भने नेप्से २.६ अंक बढेको हो । त्यस्तै कारोबार रकममा गिरावट देखिएको छ । मंगलबार ४ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार भने ३ अर्ब ९० करोडमा खुम्चियो ।

कुल १३४ कम्पनीको मूल्य बढ्दा १०० को घट्यो भने ७ को स्थिर रह्यो ।