सुनसरी । सुनसरी जिल्ला भलिबल संघको अध्यक्षमा ढुण्डिराज गुरागाइँ चयन भएका छन् । ११ औं साधारणसभाले उनको अध्यक्षता १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिलिप श्रेष्ठ, महासचिवमा माधव सापकोटा, कोषाध्यक्षमा नविन श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा सबुरलाल चौधरी, अमन बस्नेत, देबेन्द्र गुरुङ, बुद्धिबहादुर कट्वाल लगायत छन् ।
गुरागाईँले यसअघि कार्यवाहक अध्यक्षको भूमिका निभाइसकेका छन् । जिल्ला खेलकुद समिति सुनसरीका अध्यक्ष दिपक राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनसरीका पुर्ब राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, कोच, रेफ्री, खेलाडी, खेलप्रेमीको उल्लेख्य सहभागिता थियो ।
नव निर्वाचित अध्यक्ष ढुण्डिराज गुरागाइँले वार्षिक क्यालेन्डर अनुसार संघ अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।