इटहरी । इटहरीस्थित केएफसीले ग्राहकलाई काँचो चिकेन दिएको ग्राहकले गुनासो गरेका छन् । भाटभटेनी सुपरमार्केटमा रहेको केएफसीको आउटलेटले बेचेको क्लासिक जिंजरको चिकेन काँचो पाइएको हो ।
चिकेन र पेप्सीको लागि ६८५ रुपैया तिरेका एक ग्राहकले चिकेन काँचो भएको बताएका हुन् । उनीहरुले यस विषयमा तुरुन्तै कम्प्लेन गरेपनि सुनुवाई नभएको बताए ।
‘चिकेन काँचो रहेछ भनेर भन्दा पनि वास्ता गरिएन,’ ती ग्राहकले भने, ‘यति ठूलो ब्राण्डको यति लापरवाही होला भनेर पत्याउनै गाह्रो पर्यो ।’
उनले आफूले तिरेको पैसाको बिल पनि नपाएको बताए ।