‘कमेडी च्याम्पियन ३’ को उपाधि खड्कालाई

न्युजलय १६ असार २०८१, आइतबार ०६:२८ मा प्रकाशित

काठमाडौँ ।  ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् । शनिबार भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी  ‘च्याम्पियन’ बनेका हुन् । 

विजेता घोषित भएसँगै उनले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो र नवलपरासीकी खनाल तेस्रो बने । 

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा रहेका थिए ।