काठमाडौं । धादिङको हुग्दीखोलामा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । जसमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।
बेनिघाट रोराङ–९ हुग्दीखोलास्थित पृथ्वी लोकमार्गमा तुल्सिपुरबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस शनिबार बिहान आफै अनियन्त्रित भई पल्टिदा बसमा सवार घाइते भएका प्रहरी चौकी जोगिमाराले जनाएको छ ।
गम्भीर घाइते भएका रुकुम (पश्चिम) चौरजारी १४ बस्ने २८ वर्षीय प्रेम पुन, दाङको दांगीशरण १ बस्ने ८५ वर्षीय शिवलाल विकलाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
बाँकी घाइतेहरुको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ ।