२४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा शिशु

न्युजलय १० कार्तिक २०७८, बुधबार ०३:२९ मा प्रकाशित

लुम्बिनी । रुपन्देहीमा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । 

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीकी सीताले ९ गते दिउँसो ४ छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । 

उनका अनुसार मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शल्यक्रिया मार्फत जन्मिएका शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।