फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक

न्युजलय १५ माघ २०८०, सोमबार ०४:५९ मा प्रकाशित

काठमाडौं ।  फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

दीया पुन, दयाहाङ राई, विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय रहेको यो फिल्म माघ २६ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा दयाहाङ र दीयाले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

बाँसुरी फिल्म्सको प्रस्तुति र माओत्से गुरुङ फिल्म्सको निर्माणमा बनेको यो फिल्ममा लेखक तथा निर्देशक माओत्से स्वयं हुन् ।