नेप्से परिसूचक ३.४२ अंकले घट्यो

न्युजलय १८ मङ्सिर २०८०, सोमबार ०९:३५ मा प्रकाशित

काठमाडौं । सोमबार नेप्से परिसूचक ३.४२ अंकले घटेको छ।

यस दिन नेप्से ०.१८ प्रतिशतले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ९६ करोड ४० लाख १० हजार ४३१ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रूपैयाँ पुगेको छ। 

यस दिन २९२ वटा धितोपत्रको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच भएको हो।