काठमाडौँ । सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडवर्क्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।
एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेशनल फन्डिङ एजेन्सी( को १६ अर्ब रुपैयाँ ऋण लगानीमा सन् २०१६ को अगस्टदेखि आयोजनाको निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य छ ।