काठमाडौं । बिहीबार(आज) सेयर बजारको परिसूचक नेप्से ७ अंकले घटेको छ । यस दिन बजारमा उच्च उतारचढाव देखियो ।
परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो ।
यस दिन हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०।२० प्रतिशत बढे ।