काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार(आज) दोहोरो अंकको बृद्धि भएको छ ।
आज नेप्से १३.०४ अंकले बढेर दुई हजार ७ सय ८२ दशमलब १६ विन्दुमा पुगेको छ । बुधबार नेप्से १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६ वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर रहेको छ । यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।