काठमाडौँ । जेनजी आन्दोलनको मौकामा केन्द्रीय कारागार काठमाडौँबाट गत भदौ २४ गते फरार भएका कैदी रुद्रबहादुर तामाङलाई ओखलढुङ्गामा प्रहरीले पक्राउ गरेको छ ।
मोलुङ गाउँपालिका–६ घर भएका तामाङ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए ।
कारागारबाट फरार भएपछि तामाङलाई प्रहरीले खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी प्राप्चाबाट खटिएको टोलीले मोलुङ गाउँपालिका–५ बाट तामाङलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि ओखलढुङ्गाको चिशंखुगढी–८ बाट एक जना फरार कैदी पक्राउ परेका थिए ।