घट्यो सुनको मूल्य

न्युजलय १७ भदौ २०८३, बुधबार ११:४१ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ३ लाख ६ हजार १०० रहेको सुनको मूल्य आज घटेर २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १ सय ८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।