काठमाडौं । बिहिबार नेप्से परिसूचक ३१.५० अंकले घटेको छ। यससँगै कारोबार रकममा समेत गिरावट आएको छ।
नेप्सेमा आएको गिरावट सँगै आज परिसूचक २९२२.६३ बिन्दुमा झरेको छ। बुधबार नेप्से २९५४.१४ बिन्दुमा रोकिएको थियो।
यस दिन कुल ३१८ स्टकको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको छ।