काठमाडौँ । आज शेयर कारोबार मापक नेप्से परिसूचक चार अंकले ओरालो लागेको छ ।
कूल तीन सय ४२ कम्पनीको ९८ लाख ५६ हजार पाँच सय २५ कित्ता शेयर चार अर्ब ३४ करोड १० लाख ९४ हजार सात सय ६४ मूल्यमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार, कारोबार भएकामध्ये ९१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने एक सय ६७ कम्पनीको शेयर मूल्य भने घटेको छ । यस्तै, १३ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।