१। कालो माटो कपालका लागि राम्रो मानिन्छ । दुई घन्टा कालो माटोलाई पानीमा भिजाएर कपाल धुनुस् । कपाल मुलायम पनि हुन्छ अनि चायाँ पनि हट्छ ।
२। दहीमा बेसन घोलेर कपालको जरासम्म पुग्नेगरी धुनुस् । यसो गर्दा कपाल चम्किलो हुन्छ अनि चायाँ पनि हराउँछ ।
३। पिसेको मेहेन्दी एक कप, अलिकति कफी पाउडर, एक चम्चा दही, एक चम्चा कागतीको रस, एक चम्चा दही, एक चम्चा पानको कत्था, एक चम्चा अमलाको धूलो र एक चम्चा पुदिनाको धूलो मिसाएर पानीमा भिजाएर राख्नुस् । त्यसपछि कपालमा एक घन्टासम्म यो मिश्रण राख्नुस् । त्यसपछि मजाले कपाल धुनुस् । कपाल मुलायम र कालो हुन्छ अनि चायाँ पनि गायब हुन्छ ।