१३ अंकले बढ्यो नेप्से

न्युजलय १६ भदौ २०८२, सोमबार ०३:४१ मा प्रकाशित

काठमाडौं ।  सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले बढेको छ । 

नेप्से बढ्दा समेत कारोबार सामान्य रहेको छ । दिनभरमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनी भने स्थिर भएको छ ।