साफ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दै

न्युजलय ९ असार २०८०, शनिवार १२:१४ मा प्रकाशित

काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत भारतको सामना गर्दै छ । खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियमामा नेपाल समय अनुसार राति ७ः ४५ बजेदेखि हुदैछ ।

नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ३–१ को हार बेहोरेर प्रतियोगिताको शुरुवात खराब गरेको छ । त्यस्तै भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४–० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ । 

नेपाल र भारतबीच अहिलेसम्म कुल २३ खेल भएका छन् । अहिलेसम्म भारतले १६ खेल जितेको छ भने नेपालले केवल २ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिदै छन् । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।  दुवै समुहका शिर्ष दुई देश सेमिफाइनल पुग्नेछन् ।