२०७८ साल मङ्सिर १३ गते सोमबार

इटहरीको सेन्ट्रल प्लाजामा मार्ट खुल्दै : छुटै छुट र उपहारै उपहार

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०७:२८ मा प्रकाशित
इटहरी । इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजाले सेन्ट्रल मार्ट संचालनमा ल्याउने भएको छ । इटहरीको मुटुमा रहेको उक्त प्लाजाले आफ्नै मार्ट सञ्चालनमा ल्याउन लागेको हो । विभिन्न किसिमका पसल, बैंक, रेष्टुरेन्टहरुसँगै अब प्लाजामा घरायसी सामानहरु पनि पाइने सञ्चालक सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।

उक्त १० तल्ले सपिङ्ग मलको दोस्रो तलामा सञ्चालनमा ल्याइएको मार्ट मंसिरको १३ गतेदेखि औपचारिक सुभारम्भ हुने बताइएको छ । निश्चित भोल्युमको सामान खरीदमा विभिन्न छुट दिने गरीएको बताइएको छ । ५००, १०००, १५००, २००० र २५ सय रुपैयाको खरीदमा नुन, चिनी, तेललगायत विभिन्न उपहारहरुसमेत दिइने बताइएको छ । ‘अफर भित्र पनि अफरको व्यवस्था छ,’ श्रेष्ठले भने ।

उनकाअनुसार ग्राहकहरुले बम्पर उपहारको लागि कुपनसमेत पाउनेछन् । बम्पर उपहार वर्षको अन्तीममा लक्की ड्रमार्फत् वितरण गरीनेछ । जसमा पहिलो पुरस्कार फ्यासिने स्कुटर रहेको छ ।

श्रेष्ठका अनुसार तेस्रो तलामा इलेक्ट्रोनिक र कस्मेटिक सामानहरुसमेत बिक्रि वितरण सुरु गरिनेछ । 

प्लाजाका अध्यक्ष राजेश श्रेष्ठका अनुसार इटहरीवासीलाई सुविधायुक्त वातावरणमा, सुविधाजनक खरीदको अवसर दिनको लागि मार्ट सञ्चालनमा ल्याइएको बताए । उनले छुटहरुको विशेष व्यवस्था गरिएकोले निम्न मध्यमवर्गका मानिसहरुलाईसमेत आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

प्लाजामा सञ्चालनमा रहेको गेष्ट हाउससहितको वरण्डा होटल र सिने फ्लिक्स नामक सिनेमाहल लोकप्रिय छ । अण्डरग्राउण्डमा पर्याप्त पार्किङको व्यवस्थासमेत रहेकोले ग्राहकहरुलाई सुविधा हुने विश्वास गरिएको छ ।