काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू १९ प्रिमियर कपको उपाधि जितेको छ ।
डकवर्थ लुइस मेथडमा भएपछि नेपाल १९ रनले विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर १९८ रनको लक्ष्य दिइएको थियो । तर यूएई २६.५ ओभरमा १७८ रन जोड्दै अलआउट हुुन पुग्यो ।
नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।
प्रिमियर कपको विजेता नेपाल र उपविजेता यूएई दुवै यू १९ एसिया कपमा छनोट भइसकेका छन् ।