काठमाण्डौ । टेलिसिरियल ‘अनुपमा’मा रुपाली गांगुलीको आमाको भूमिकामा अभिनय गर्ने माधवी गोगटेको निधन भएको छ ।
कोरोना संक्रमित भएपछि मुम्बईको सेवेन हिल्स अस्पतालमा भर्ना भएकी उनको सोही दिन अस्पतालमा निधन भएको हो ।
माधवी ५८ वर्षकी थिइन् । उनले कैयौं टेलिसिरियलमा अभिनय गरेकी थिइन् । माधवी टेलिभिजन उद्योगमा लामो समय सक्रिय रहिन् । माधवीले ‘कोई अपना सा’, ‘ऐसा कभी सोचा ना था’लगायतमा पनि अभिनय गरेकी थिइन् ।