नेप्से परिसूचक ५ अंकले घट्यो

न्युजलय १२ भदौ २०८०, मङ्गलबार ०९:१५ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) नेप्से परिसूचक ५ अंक घटेर १९९३ मा कायम भएको छ । 

सेयर कारोबार रकम ८६ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ । यो कारोबार रकम ३ महिनायताकै न्यून हो । केही दिनयता कारोबार रकम खुम्चिँदै गएको छ । हिजो सोमबार ९८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने आइतबार १ अर्ब २६ करोडको कारोबार भएको थियो । 

कुल ६९ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने १४ को स्थिर रहृयो । धेरैजसो उपसमूहका सूचक घटेका छन् ।

बैंकिङ २, विकास बैंक २१, फाइनान्स ४, होटल तथा पर्यटन ३५, जलविद्युत् ११, जीवन बीमा ५०, उत्पादन ३१, माइक्रोफाइनान्स ०।६ र अन्य उपमसमूह ३ अंक घटे ।