काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।
छापावाला सुन आज ५ हजार रुपैयाँले बढेर दुई लाख ९८ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भईरहेको छ ।