सुनचाँदीको मुल्य घट्यो

न्युजलय ९ फाल्गुण २०७८, सोमबार ०५:१२ मा प्रकाशित

काठमाडौँ । सोमबार(आज) नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको ९६ हजार २ सयमा कारोबार भैरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९५ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा  ५ रुपैंयाँले घटेर तोलाको १३ सयमा कारोबार भएको महासंघले जनाएको छ ।