काठमाडौं । सुनको मूल्यले बुधबार पनि नयाँ कीर्तिमान बनाएको छ । बुधबार सुन प्रतितोला ९ हजार पाँच सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मूल्य सात हजार ३०० कायम भएको छ ।
यस्तै मंगलबार प्रतितोला छ हजार आठ सय ७० रुपैयाँमामा कारोबार भएको चाँदीको भाउ बुधबार वृद्धि भएसँगै सात हजार तीन सय रुपैयाँ पुगेको छ । चाँँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।