घट्यो सुनको मुल्य

न्युजलय १७ माघ २०७८, सोमबार ०४:५० मा प्रकाशित

काठमाडौं । सुनको मूल्य सोमबार(आज) पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

यस्तै  चाँदीको मूल्य भने मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।