काठमाण्डौ । ‘कमेडी च्याम्पियन २’ बिजेता भरतमणी पौडेलले पूर्व युवराज पारस शाहलाई भेटेका छन् । भरतमणीले शुक्रबार काठमाडौंको शेर्पा मलमा पूर्व युवराजसँग भेटेका हुन् ।
पारस निकट व्यक्तिको सम्पर्कमा रहेका भरतमणीले उनकै सहयोगमा पारससँग भेट गरेका हुन् । भरतमणीसँग ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि भेटमा सहभागी थिए ।
पूर्व युवराजसँगको भेटबारे भरतमणीले भने– ‘म उहाँको प्रशंसक थिए, भेटेपछि झनै ठूलो फ्यान भएको छु ।’
पारसले भरतमणीले आफ्नो क्यारिकेचर गरेको बिषयमा छोटो प्रतिक्रिया दिए । पारसले भरतमणीको प्रस्तुतिमा रमाइलो प्रतिक्रिया दिदै–‘फन्नी फन्नी । दामी थियो’ भनेका थिए ।
भरतमणीले ‘कमेडी च्याम्पियन २’ पारस शाहको अभिनय गरेका थिए । पारसको गेटअपमा देखिएका भरतमणीको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए ।