इन्डोनेसियाको सौन्दर्य प्रतियोगीतामा नेपालका ५ बालाबालिका सहभागी हुने

न्युजलय ७ असार २०७९, मङ्गलबार ०९:४३ मा प्रकाशित

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ मा नेपालका ५ बालबालिकाले सहभागिता जनाउने भएका छन् ।  

 

प्रतियोगीतामा नेपाली सौदर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ आयु खत्री, रिदम नेपाल, कृषा खड्गी, कर्मा कलसंग सुरुते र किड्स अफ दि इयर इन्टरनेशनल यास्ना श्रेष्ठ सहभागी हुने भएका हुन् ।


बाली शहरमा २४ देखि २५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि सबै प्रतियोगी मंगलबार (आज) साँझ बाली उड्दैछन् । 


१० भन्दा बढी राष्ट्रका सहभागी हुने उक्त प्रतियोगितामा बालबालिका नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेका हुन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले ति बालबालिकालाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराउन लागेको हो । 


प्रतियोगितामा बालबालिका लिएर अन्तराष्ट्रिय फेसन कोच तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजु पनि सहभागी हुँदैछन् । प्रतियोगितामा बालबालिकाले अन्तराष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार फैजुले नै तयार पारेको नेपाली कला संस्कृति झल्कने बिभिन्न आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिनेछन् । सबै प्रतियोगी बिभिन्न प्रशिक्षण सहित प्रतियोगितामा सहभागी हुन लागेका हुन्  ।