मध्य भोटेकोशी जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत

न्युजलय ८ पुस २०७८, बिहिबार ०८:११ मा प्रकाशित

काठमाडौं । मध्य भोटेकोशीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। बिहीबार(आज) जलविद्युतको सिम्बोल सहित सूचीकरण भएको छ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको ६ करोड कित्ता शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमिजिम मिति २०७८ पौष ७ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ।

सूचीकृत शेयरको करोबार पौष ११ गतेबाट गरिने छ भने पहिलो करोबारको रेन्ज ९४.३९ देखि २८३.१७ रहेको छ।