१९.४२ अंकले घट्यो नेप्से

न्युजलय २६ भदौ २०८०, मङ्गलबार ०९:२९ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सेयर बजार दोहोरो अंकले घटेको छ । 

सोमबार बढेको बजारमा मंगलबार नै गिरावट आएको हो । मंगलबार सेयर बजार १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा रोकिएको छ ।

आज  म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु घटेका छन् । कुल २७६ धितोपत्रको २६ हजार ३०२ वटा कारोबारबाट ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ कारोबार भएको छ ।