काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिनमै नेप्से परिसूचक घटेको छ। नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३ विन्दुमा आएपछि बजार बन्द भएको हो।
यसदिन कारोबार रकममा पनि कमि आएको छ। गत बिहीबार तीन अर्ब ४३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार तीन अर्ब ६ करोड ३७ लाख रूपैयाँको भएको छ।
आइतबार कारोबारमा आएका तीन सय २० मध्ये एक सय ५९ वटाको मूल्य बढेको छ। एक सय ४१ वटाको मूल्य घटेको छ।
आइतबार सूर्यज्योति लाइफ इन्सुरेन्सको मागमा वृद्धि भएको छ।