सुनचाँदीको मूल्य घट्यो

न्युजलय ११ असार २०८३, बिहिबार १२:२२ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।