नइदिल्ली । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । अहमदनगर जिल्लाको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा आगलागी भएको हो । त्यहाँ रहेका २० बिरामी मध्ये १० जनाको मृत्यु भएको हो ।
घटना लगत्तै दमकल आएर आगो निभाउने प्रयास गरेको थियो । उद्धार कार्य जारी छ । उक्त घटनापछि अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अन्यत्र रिफर गरिएको छ ।