कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

न्युजलय २७ जेठ २०८३, बुधबार १२:१४ मा प्रकाशित

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीले सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  उक्त कम्पनीको शेयर २ लाख ८७ हजारले १०–१० कित्ताको दरले पाएका छन् ।

सेबोनले फागुन २५ गते उक्त कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । 

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपियाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपियाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।