बनियानी । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई माघ मसान्तभित्र धनीपुर्जा वितरण गरिने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्रियामा उनले केपी शर्मा ओली नेतृत्व सरकारको आयोगले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै गठबन्धन नेतृत्व सरकारले गठन गरेको आयोगले माघ मसान्तभित्र धनीपुर्जा वितरण गर्ने दाबी गरे।
पार्टीका झापा सहइन्चार्ज झलकसिंह दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज धर्मशिला चापागाईंको प्रमुख आतिथ्य रहेको थियो। झापामा करिब ६० हजार सुकुम्बासी अहिले लालपुर्जाको पर्खाइमा छन्।