डान्सर सुशान्त खत्रीले रुँदै भने, ‘मेरो गिन्ती सुरु भइसक्यो’

न्युजलय २३ असार २०८०, शनिवार ०८:४४ मा प्रकाशित

इटहरी । चर्चित कलाकार, कोरियोग्राफर सुशान्त खत्रीले सामाजिक सञ्जालबाट आत्महत्या गर्ने बताएका छन् । 

मध्यराती सामाजिक सञ्जालमा लाइभ आएका खत्रीले आफू चाँडै नेपाल आएर मर्ने बताएका हुन् । उनले आफू अहिले भारतमा रहेको र अरुको देशमा मर्न मन नलाग्ने बताउँदै नेपाल आएर मर्ने बताएका छन् । 

उनले आफ्नो मनमा धेरै दुःख पीडा भएको तर कसैले नबुझेको बताएका छन् । उनले रुँदै धेरै दिनदेखि सहेर बसेपनि गाह्रो भइरहेको भनेका छन् । उनले आमाबुवालाई हात जोडेर सरी भनेका छन् । साथीभाइसँग पनि उनले चित्त दुःखाएका छन् ।

आफूलाई परेको बेलामा कोही पनि साथमा नभएको बताएका छन् ।  

मसँग औषधी छ भन्दै उनले औषधी देखाएका थिए । उनले भनेका छन्, ‘गाइज, मेरो गिन्ती सुरु भइसक्यो ।’ 

पछि उनले उक्त लाइभ भिडियो हटाएका थिए ।

उनले अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनले आफूसँग धेरै समय नभएको भनेरसमेत लेखेका थिए ।

६ महिनायता फेसबुकमा उनले निराशाजनक पोस्टहरू शेयर गरिरहेका थिए । फेसबुकमा उनका १६ लाखभन्दा बढी फलोअर्स छन् ।

दुईरतीन दिनपछि नेपाल आउने पनि उनले बताएका छन् । सुशान्तले इन्जाइटी र डिप्रेसनलाई मजाकमा नलिन भनेका छन् । ुधेरै जनाले सुसाइड गरिसकेका छन् नेपालमा । सबैलाई साथ दिऔँ । तपाईंहरूलाई लाग्दो हो, यति चर्चित मान्छेले के भनेको होला भनेर । तर एन्जाइटी डिप्रेसन भनेको साह्रै ठूलो रोग रहेछ साथीहरू । तपाईंले जतिसुकै धेरै पैसा कमाउनु, यो रोग साह्रै कठिन रहेछ । मेरो कारणले मेरो आमाबुबाले धेरै दुःख पाए । मेरा साथीहरू मसित टाढा भएका छन्ु, सुशान्तले भनेका छन् ।