सुशान्तले लेखे, 'भगवानले मेरो रक्षा गरुन्'

न्युजलय २३ असार २०८०, शनिवार ०६:५९ मा प्रकाशित

काठमाडौं । चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्रीले सामाजिक सञ्जालमार्फत चाँडै अर्को एक कलाकार गुमाउनुपर्ने बताएका छन्।

अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनले चाँडै नै अर्को एक कलाकार गुमाउनुपर्ने लेखेका हुन्।

‘हामीले एकदम राम्रो कलाकार गुमायौं, उनको आत्माले शान्ति पाओस्, तपाईंहरूले चाँडै नै अर्को कलाकार पनि गुमाउँदै हुनुहुन्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले लेखेको अर्को स्टाटसमा आफूसँग धेरै समय नभएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘जीवनमा धेरै समय छैन, भगवानले मेरो रक्षा गरुन्।’

सुशान्तको यो स्टाटसमा धेरैले उनलाई हिम्मत नहार्न आग्रह गरेका छन्। उनले किन यस्तो स्टाटस लेखे स्पष्ट पारेका छैनन्।