प्रिओपन सेसनमा साढे ४ अंक घट्यो नेप्से

न्युजलय २२ फाल्गुण २०७८, आइतबार ०४:५३ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ।

गत बुधबार ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ९ कम्पनीको २२ लाख ५५ हजार ८७१ रुपैयाँ ४० पैसा बराबरको ४ हजार २५७ कित्ता शेयर खरिदबिक्री भएको छ।