भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा

न्युजलय ३० कार्तिक २०८०, बिहिबार ०२:१७ मा प्रकाशित

काठमाडौं । न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।


बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४८.५ ओभरमा अल आउट हुदै ३२७ रन बनाएको थियो । न्यूजील्याण्डलाई अल आउट गर्ने क्रममा भारतका बलर मोहमद शामीले ९.५ ओभरमा ५७ रन खर्चेर सात विकेट लिए ।


यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो । सो क्रममा विराट कोहलीले ५० औं शतक बनाएर रेकर्ड कायम गरे । उनी वान डे क्रिकेटको इतिहासमा ५० शतक बनाउने पहिलो ब्याटर बने । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । कोहली पछि श्रेयस अय्यरले ७० बलमा शानदार १ सय ५ रन बनाए ।

 

योसँगै यसअघि दुई पटक १९८३ र २०११ मा विश्वकप जितेको भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । यसअघि २००३ मा भारत उपविजेता बनेको थियो।


अब दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुने छ । यो खेलको विजेताले फाइनलमा भरतसँग आइतबार उपाधिका लागि खेल्ने छ ।