घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

न्युजलय २५ असोज २०७८, सोमबार ०३:०५ मा प्रकाशित

काठमाण्डौ । पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

भर्खर प्राप्त जानकारी अनुसार पोखरास्थित हरि चोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित १० जना यात्रु सवार थिए ।

ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जिप तल मोदी खोलामा पुगेको बताइएको छ । 

मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।