देशभर आज थप १२४ जनामा कोरोना पुष्टि

न्युजलय २७ चैत २०७९, सोमबार ०६:४७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। २५ सय ६६ नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा २९ जना संक्रमणमुक्त भएका छन् भने १९ हजार २६३ जनाले कोभिड खोप लगाएका छन्। अहिले सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ। केही दिनयता कोरोना संक्रमण बढिरहेको छ।

जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन र खोप लगाउन आग्रह गरेको छ।