थपिए ३ सय ९१ कोरोना संक्रमित, ६ जनाको मृत्यु

न्युजलय ३१ असोज २०७८, आइतबार १०:३८ मा प्रकाशित

काठमाडौं । नेपालमा आइतबार(आज) थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ जना र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।